क्लस्टरलाई भौगोलिक दृष्टिकोणका आधारमा (शहर/टोल/केही सहभागी गाउँहरू र वरपरका क्षेत्र) उस्तै उत्पादन गर्ने र सामूहिक अवसर र चुनौतीको समना गर्ने समूहका रूपमा परिभाषित गरिएको छ । एउटा कारीगर क्लस्टर भन्नाले भौगोलिक रूपमा केन्द्रित (खासगरी गाउँ र शहरमा) घरायसी इकाइ अन्तर्गत हस्तकला/हस्तनिर्मित वस्तु उत्पादक भनेर परिभाषित गरिएको छ । खास समूहमा भने, यस्ता उत्पादकहरू खासगरी परम्परागत समूहसँग आबद्ध हुन्छन्, जसले पुस्तौंदेखि चलिआएका वस्तुहरू उत्पादन गर्छन् । साँच्चै नै धेरै कारीगरहरू शताब्दियौं पुराना कारीगर छन् । बखिन समूहको बारेमा:-बखिन समूह सिक्किम राज्यको उत्तरी सिक्किम जिल्लामा पर्दछ ।बखिन समूहमा 231 भन्दा बढी कारीगर छन् र 19 SHG ले यसको सशक्त कार्यदललाई सहयोग गरी रहेका छन् । यसले दिन प्रतिदिन उन्नति गरीरहेको छ ।बेत र बाँस:-सिक्किमको दैनिक जीवनमा बेत र बाँस धेरै प्रयोगमा ल्याइने दुई वस्तु हुन् । घरायसी काममा आउने चीजबीज, हस्तकलाका सामान, बाजागाजा र घर बनाउन समेत बाँसको प्रयोग गरिन्छ । शिल्पकलामा खासगरी घरेलू उद्योगमा कुनै मशीनरी औजारको प्रयोग गरिँदैन । डालो-बुनाइ बाहेक, घर बनाउन र बाराबेरा गर्न मुख्य रूपमा बाँसको प्रयोग गरिन्छ । परम्परागत रूपमा शिल्पकला उद्योगले किसानहरूलाई फुर्सदको समयमा अतिरिक्त रोजगारी दिएको छ, तर अहिले व्यापारिक क्रियाकलापमा पूरा समय रोजगारी गर्ने कारीगरहरूको संख्या पनि बढ्दो रूपमा देख्न सकिन्छ ।सिक्किममा बाँसका उत्पादनहरू जताततै प्रशस्त पाइन्छन् । त्यहाँ असंख्य किसिम र आकारका बाँसका डोका-डाला पाइन्छन् जसलाई विभिन्न काममा प्रयोगमा ल्याइन्छ । घरको लोग्नेमान्छेले सामान्यतया डोका-डाला बुन्छ । हरेक जिल्लाको आ-आफ्नै अलग्गै शैली छ । सामान्यतया, डोको समान ओसार्न र गोला र चारकुने डाला सामान राख्न प्रयोग गरिन्छन् । सिल्चरको बाँसको डालो यसको एउटा नमुना हो । यसको भुँइ चारकुने र भित्रतिर फर्किएको हुन्छ त्यसैले चार कुनाले भरथेग गर्छन् र यसको मुख फराकिलो हुन्छ । यो सुपारी भण्डारन गर्न प्रयोग गरिन्छ । बोडो बाँसको डालो साँचोको मद्दतले बनाइन्छ जसले घाँटी र मुखको आकार बनाउन मद्दत गर्छ । घाँटीदेखि पीँधसम्म खैरो कागजको सोली बनाएर डालो भित्र राखिन्छ जसले गर्दा यसको टुप्पोले भुँइलाई छुन्छ । सोलीको आकार सुरक्षित राख्न यसभित्र बालुवा भरिन्छ र सोलीको आकार अनुसार बुन्दै लगिन्छ । बेत र बाँसबाट पुतली र खेलौना पनि बनाइन्छन् । मानिस र जनावरका आकृति बाहेक अन्य खेलौना, बन्दूक, बाजा-गाजा पनि बुनिन्छन् । बाँसबाट बनाएको छाताको हातो (हैण्डल) खास उत्पादन हो जसमा पातका बुट्टा, लहरे बुट्टा, बोट-बिरुवा, गोला घेराहरू, र तेर्सा बुट्टाहरू हुन्छन् । मुली भनिने एउटा खास किसिमको बाँस हातोका लागि प्रयोग गरिन्छ ।कच्चा पदार्थ:-सिक्किम कच्चा पदार्थको धनी भएको हुँदा त्यहाँ सुन्दर उत्पादनका धेरै प्रकारहरू छन् । पाहाड र मधेसका मानिसहरूको आ-आफ्नै शैली र कला छ । डोका-डाला बाहेक बेत र बाँसबाट फर्निचर पनि बनाइन्छ, जुन तुलनात्मक रूपमा अझ बढी आधुनिक हुन्छन् । बेत र बाँसबाट बनेका उत्पादनहरू घाँससँग घाँस जोडेर र कम औजारको मद्दतले पात गाँसेर मानिसले बनाएका प्राचीनतम वस्तुहरू हुन् । धार्मिक कामका लागि पनि यी पवित्र मानिन्थे । मोजोरमको बेतको शिल्पकला शिल्पकला उत्पादनकै उत्तम नमुना हो । अत्यधिक मात्रामा त्यहाँको हरियो जंगलमा पाइने कच्चा पदार्थले उद्योगलाई निरन्तरता र शक्ति दिन्छ ।प्रक्रिया:-बाँस र बेतको घनलाई हाते आरोले काटिन्छ र बिलहुकले तेर्सो पारी विभिन्न आकारमा छाँटिन्छ । बेतलाई नरम पार्न आगोमा सेकिन्छ धेरैजसो लालटिनको मधुरो आँचमा तताइन्छ । ती चोयालाई दुई भागमा बाँड्न सकिन्छ । डालाका लागि घुम्रेका चोया; अन्य मान्द्रो बनाउन । घुम्रेका चोयाको डालो बनाउँदा, डालाको पींधको लागि एउटा बेत घुमाएर मियो बनाइन्छ । त्यसपछि घुमाउरो गरी एकनासले चाहिने उचाइ नपुगेसम्म चौडाइ बढाउँदै बुन्दै लगिन्छ । चोयाहरूलाई सिलाएर गाँसिन्छ जसलाई दुई किसिमबाट गाँस्न सकिन्छ: हरेक सिलाई पींधको मियोको नयाँ भाग भएर आउँछ । अंग्रेजीको आठको अंक बनाइन्छ र चोया पछिल्लो छोयाको पछाडि, माथि र तलतिरबाट अगाडि बढ्छ । यसरी चोया बाँधिन्छ र डालो तयार हुन्छ । डालोको सजावट लेस, कागज र सिपीको प्रयोगबाट गर्न सकिन्छ ।कारीगरले बाँसलाई चाहेको आकारमा दाओ भन्ने काट्ने औजारले काट्छन् । त्यसपछि बाँसको चौडाइ मोटाइका आधारमा विभिन्न किसिमका चक्कूले काटिन्छ। यसरी कुनै वस्तु अथवा फर्निचरको फ्रेम बनाउनका लागि सामग्री तयार गरिन्छ । कलमको आकारको बेत पनि सजावट र बाँध्ने काममा उपयोग गरिन्छ । मोटो बेत कुनै वस्तुको फ्रेम बनाउन प्रयोग गरिन्छ भने कलम आकारको बेत सिंगार्न र बाँधन प्रयोग गरिन्छ । बेतलाई फर्निचर वा अन्यका लागि चाहेको आकार दिन तताउने गरिन्छ । तिनको टुप्पो चाहिँ गम र किल्लाले गाँसिन्छ र जोर्नी कलम आकारका तुनाले बाँधिन्छ । बेत र बाँसबाट बनेका सामानहरू खाक्सीले चिल्याएर वा सफा गरेर भेर्निसको पालिस गरिन्छ ।बाँस र बेतका सामान बनाउँदा पूरै घनोलाई हाते आरोले काटिन्छ र तिनलाई बिलहुक वा दाओले विभिन्न आकारमा चिरिन्छ । धेरै रेशा भएको भाग लम्बाई तिरबाट चिर्ने काम गरिन्छ ! बाँस र बेतको दुई आँख्ला बीचको भागमा चाहिने मात्रामा शीत हुनु पर्ने हुनाले एकदम सम्हालेर चिर्नु पर्दछ ! कुनै पनि फ्रेम बनाउनु पहिले मट्टीतेलको बत्तिको रापले यसलाई सेकिन्छ !तरिकाहरु :-बेतका समानहरु उत्पादन गर्नको लागि विभिन्न चरणहरु हुन्छन् जुन जंगलबाट कच्चा सामग्री ल्याउनुबाट सुरु हुन्छ ! बाहिरी तह सम्म र चिप्लो बनाउन बाहिरी पत्रलाई ताछिन्छ ! लामो लौरो जस्तो बेत लाई स-साना टुक्रामा काटिन्छ अनि पत्र-पत्रमा छुट्टयाइन्छ ! चाहेको मात्रमा अझ पातलो पत्रमा छुट्याउन सकिन्छ ! अब छुट्टयाइएको पत्रलाई धमन-दीप सहायताले मोडिन्छ ! यसो गर्दा बाहिरी तह अलि अलि मात्र डढ्छ जसलाई खाक्सीले घसेर हटाइन्छ ! त्यसपछि बनेको बेतलाई चाहे अनुसारको डिजाइनको आधारमा बुनिन्छ । त्यसले अन्तिम रुप पाएपछि भेर्निस पोतिन्छ र बजारमा बिक्रीको लागि पठाइन्छ ।कसरी आइपुग्ने :-बागडोगरा ! (सिलीगुडी नजिकै , गान्तोकबाट 117 किलोमीटर) ! यहाँ कोलकाता (नेताजी सुभाष चंद्र बोस अन्तराष्ट्रीय विमानस्थल ) बाट नियमित उडान छ !कोलकाता पुग्ने दैनिक उडानहरु नयाँ दिल्ली, मुंबई, चेन्नई र अरु भारतका प्रमुख शहरहरुबाट पाइन्छन् ! सिलीगुडी नजिकैको नयाँ जलपाईगुडी, गान्तोकबाट 117किलोमीटर टाढा । बिहान नयाँ जलपाईगुडी पुग्ने रात्री रेलगाडी पनि कोलकाताबाट उपलब्ध छ !